वर्षा प्रभाव: जनधनको क्षतिप्रति एमाले कास्कीद्वारा दुःख व्यक्त
पाेखरा | असार २६, २०८१
पोखरा: अविरल वर्षाका कारण बाढी र पहिराले देशभर भएको जनधनको क्षति प्रति नेकपा (एमाले) कास्कीले दुःख व्यक्त गरेको छ ।
नेकपा (एमाले) कास्कीका सचिव दर्शन लामाले आज विज्ञप्ती जारी गर्दै अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गरेको हो ।
सचिव लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘हाल कास्की जिल्ला र देशभर विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति नेकपा एमाले जिल्ला कमिटी दुःख प्रकट गर्दछ, उक्त वर्षातका कारण विपद्जन्य घटनामा परेर कास्कीमा असार महिनामा मात्र ३ जनाले ज्यान गुमाएका छन् । मृतक सबैमा नेकपा एमाले जिल्ला कमिटी कास्की भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौ ।’

एमाले कास्कीले प्राकृतिक प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरणमा सहयोग पुर्याउन राज्यका संयन्त्रहरुको ध्यानाकर्षणसमेत गरेको छ ।
प्राकृतिक प्रकोपबाट उत्पन्न यस दुःखद घडीमा पाटीको सबै कमिटी जनसंगठनहरुलाई आवश्यक समन्वय र सहकार्यसहित उद्धारमा लाग्नसमेत निर्देशन दिएइको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार अझै पनि वर्षाको सम्भावना कायमै रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र क्षति न्यूनिकरणतर्फ गम्भीर हुनसमेत एमाले कास्कीले सुरक्षा निकायलाई आग्रह गरेको छ ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

